दिव्य दम्पति – भगवान श्रीरंगनाथ र श्रीरंगनायकी

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

पूर्व लेखमा (https://acharyas.koyil.org/index.php/2017/11/14/introduction-contd-nepali/) हामीले संक्षेपमा श्रीवैष्णव गुरुपरम्पराकाे बारेमा चर्चा गर्याैं ।

अब हामी हाम्राे अाेराण वाञि अाचार्य परम्पराकाे बारेमा चर्चा गर्दैछाैं । एक व्यक्तिबाट अर्काे व्यक्तिमा श्रृंखलाबद्द रुपले ज्ञान प्रदान गरिनुलाई तमिल भाषामा अाेराण वाञि भनिन्छ । यस अघिनै चर्चा भए बमाेजिम वास्तविक ज्ञानकाे भण्डार रहस्य त्रयमा छ र हाम्राे अाेराण वाञि अाचार्य परम्पराले हामीलाई साेहि वास्तविक ज्ञान प्रदान गर्दछ ।

  • भगवान श्रीरंगनाथ (पेरिय पेरुमाल)

तिरुनक्षत्र: राेहिणि

कृति: भगवत गीता, श्रीशैलेश दयापात्रम तनियन इत्यादि

हाम्राे अाेराण वाञि अाचार्य परम्परा भगवान श्रीरंगनाथ अर्थात पेरिय पेरुमालबाट शुरु हुन्छ । यस पूर्वकाे लेखमा चर्चा भए बमाेजिम जीवात्माहरु प्रति असिम अनुकम्पा राख्दै भगवान स्वयं प्रथम अाचार्यकाे रुपमा अाउनुहुन्छ । विष्णुलाेकमा भगवानले रहस्य त्रयकाे व्याख्या श्रीमहालक्ष्मीजी लाई सुनाएर श्रीवैष्णव परम्पराकाे प्रथम अाचार्यकाे रुप लिइबक्सेकाे छ ।

भगवान स्वतन्त्र र शेषि हुनुहुन्छ । उहाँ बाहेक अरु काेहि न त स्वतन्त्र छ न शेषि नै । अरु त भगवानमा परतन्त्र छन् र भगवानकाे शेष हुन् । अाफ्नै संकल्पबाट भगवान प्रथम अाचार्य हुनुभएकाे हाे । उहाँ सर्वज्ञ, सर्वशक्तिमान र सर्वव्याप्त हुनुहुन्छ । माेक्षकाे चाहना राख्ने जीवात्माहरुलाई माेक्ष प्रदान गर्नु भगवानकाे धेरै गुणहरु मध्येकाे एउटा विशेष गुण हाे । उहाँ बाहेक माेक्ष प्रदान अरु कसैले गर्न सक्दैन ।

भगवान रंगनाथ श्रीरंग विमानमा सवार भएर श्रीवैकुण्ठबाट श्रीब्रम्हाजी समक्ष अाउनु भयाे र  श्रीब्रम्हाजीले सत्यलाेकमा भगवानकाे अाराधना गर्नुभयाे । पछि भगवान राजा ईक्ष्वाकुकाे अनुराेधमा अयाेध्या सवारी भयाे र रघुकुलका राजाहरुले भगवान रंगनाथकाे सेवा अाराधना गर्नुभयाे । पछि भगवान श्रीरामचन्द्रले भगवान रंगनाथकाे विग्रह विभिषणजी लाई प्रदान गर्नुभयाे । विभिषणजी लंका जाने क्रममा श्रीरंगनाथ भगवानकाे विग्रहलाई श्रीरंगममा बिसाउनु भयाे । श्रीरंगमकाे साैन्दर्यबाट माेहित भई भगवान रंगनाथ श्रीरंगममै दक्षिण मुख गरेर बिराजमान हुनुभयाे र अाज पनि हुनुहुन्छ ।

भगवान श्रीरंगनाथकाे तनियनः

श्रीस्तनाभरणम् तेजः श्रीरंगेशयम् अाश्रये |
चिन्तामणिमिवाेद्वान्तम् उत्संगे अन्नतभाेगिनः ||

  • श्रीरंगनायकी अर्थात श्रीपेरिय पिराट्टी

तिरुनक्षत्र: उत्तर फाल्गुनी

भगवानले श्रीमहालक्ष्मीजीलाई भगवान श्रीमन्नारायणले विष्णुलाेकमा द्वय महामन्त्र सुनाउनु हुन्छ । अाचार्यमा हुनु पर्ने सम्पूर्ण गुणहरु श्रीरंगनायकी अामामा छन् ।

अाचार्यमा कृपा, पारतन्त्र्यम् र अनन्यार्हत्वम् जस्ता गुणहरु हुन्छन् । श्रीमहालक्ष्मी स्वरुपा श्रीरंगनायकी अामा यी सबै गुणहरुले युक्त हुनुभएकाे हुँदा उहाँ अाेराण वाञी श्रीवैष्णव अाचार्य परम्पराकाे दाेश्राे अाचार्यकाे रुपमा बिराजमान हुनुहुन्छ । सबै अाचार्यहरुले उहाँकै अनुसरण गर्नुहुन्छ ।

श्रीपिल्लै लाेकायार्य स्वामीजीले श्रीवचन भुषण ग्रन्थमा श्रीमहालक्ष्मीले यी तीन गुणहरु सीताकाे रुपमा अवतारित भएकाे समयमा देखाउनु भएकाे छ भनेर निम्न बमाेजिम व्याख्या गर्नुहुन्छ ।

पहिलाे, जब रावणले उहाँलाई हरण गरेर लंका लिएर जान्छ, उहाँले अाफु रावणबाट हरण हुन सम्भव पारिदिनु हुन्छ ताकि देवस्त्रीहरुकाे पछि भगवानबाट उद्दार हाेस् । याे उहाँकाे परम कृपा हाे देवस्त्रीहरु प्रति । उहाँ सारा जीवात्माकै अामा हुनुहुन्छ, यस कारण उहाँ रावणकाे पनि अामा हुनुहुन्छ र रावणकाे गलत व्यवहार पनि अामा भएर सहन गर्नुहुन्छ ।

दाेश्राे, जब सीतादेवी गर्भवति हुनुहुन्छ, त्यतिबेला अाफ्ना नागरिकहरुकाे बचनकाे कारणले भगवानले सीतादेवीलाई राज्य छाेड्ने अादेश दिनुहुन्छ । अाफु भगवानमा पारतन्त्र्य भएकाेले भगवानकाे अादेश पालना गर्दै सीतादेवीले सजिलै राज्य त्याग गर्नुहुन्छ ।

तेश्राे, भगवान प्रति अनन्यार्हत्वम् देखाउँदै सीतादेवीले वनवास पछि परमपद स्वीकार गर्नुहुन्छ ।

यसकारण तीनै विशेष गुणहरु कृपा, पारतन्त्र्यम् र अनन्यार्हत्वम् श्रीमहालक्ष्मीमा पूर्णरुपमा छन् ।

श्रीरंगनायकी अामाकाे तनियन

नमः श्रीरंग नायक्यै यद् भ्रु विभ्रम भेदतः |
ईशेशितव्य वैसम्य निम्नाेन्नतम् इदम् जगत् ||

अर्काे लेखमा सेनै मुदलिअार अर्थात श्रीविश्वकसेन सूरीकाे बारेमा चर्चा गर्नेछाैं ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।

श्रोत – https://acharyas.koyil.org/index.php/2012/08/17/divya-dhampathi-english/

archived in https://acharyas.koyil.org/index.php/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org