उय्यक्कोण्डार् (पुन्डरीकाक्ष स्वामिजी )

श्री:  श्री मते रामानुजाय नमः  श्री मद् वर वर मुनये नमः  श्री वानाचल महा मुनये नमः

श्री नाथमुनि स्वामीजी पछी सम्प्रदाय औराणवाली परम्परामा उय्यक्कोण्डार् (पुन्डरीकाक्ष) स्वामीजी आउनुहुन्छ ।

image

उय्यक्कोण्डार् – आल्वार् तिरुनगरी

तिरुनक्ष्त्र : चैत्र मास कृतिका नक्षत्र

अवताऱ् स्थल: तिरुवेळ्ळरै

आचार्य : श्रीमन् नाथमुनि

शिष्यगण : मणक्काल् नम्बि , तिरुवल्लिकेणि पाण् पेरूमाळ् अरैयर् , सेट्टलूर् सेन्डलन्गार् दासर् , श्री पुण्डरिक दासर् , गोमठम् तिरुविण्णकरप्पन् , पेरूमाळ् नन्गै

उय्यकोंडार स्वामीजी , पुण्डरिकाक्ष स्वमिजीको जन्म तिरुवेळ्रळरै (श्वेत गिरि) मा भयको थीयो । उहांको माता पिताले नामकरण तिरुवेळ्रळरै एम्पेरुमानको नाम राखिदिनु भयको थीयो । उहाँलाई पद्माक्षर स्वामीको नामले पनि पारिचितहूनुहुन्छ । तर धेरै उय्यक्कोण्डार नाम प्रसिद्ध छ ।

नाथमुनि स्वामीजीको शिष्यहरुमा , कुरुगै कावलप्पणको साथ उहाँलाई पनि प्रमुख मानिन्छ । नाथमुनि जी नम्माल्वार आळ्वारको अनुग्रहले दिव्य ज्ञान प्राप्त गरे पछी काट्टूमन्नार् कोविल् फर्कनु भयो र आफ्नो साम्प्रदायको प्रचार गर्न थाल्नुभयो । आफ्नो शिष्य कुरुगै कावलप्पणको अष्टांग योग ( कुनै पनि शारीरिक क्रियाकलाप बिना निरंतर् भगवद अनुभवमा रहने अभ्यास)को उपदेश गर्नु हुन्थ्यो । जब नाथमुनि उय्यक्कोण्डारसँग अष्टांग योग सिक्ने उहांको रूचिको बारेमा सोध्नुहुन्छ तब उहाँ जवाब दिनु हुन्छ की “पिण्णम् किडक्क मण्णाम् पुण्णरळामो ” माने जहाँ संसारी अज्ञानको कारण भौतिक जगतमा दुखि छन् त्यहाँ कसरी आनंदले भगवद् गुणानुअनुभव गर्न सकिन्छ । यो सुनेर नाथमुनि धेरै नै खुश हुनुभयो उहांको उदारताको प्रशंसा गर्नुभयो । नाथमुनि स्वमिजीले उहाँ र कुरुगै कावलप्पणलाई ईश्वर मुनिको पुत्र (आफ्नो नाति ) जो अति अल्प कालमा प्रकट हुने वाला छन् उहाँलाई अरुळिचेयळ् (दिव्यप्रबंध) र अष्टांग योग सिकयर निपुण बनाउने आदेश दिनु भयको थीयो ।

नाथमुनि पछी ,उय्यक्कोण्डार् दर्शन शास्त्रको प्रवार्ताकार बन्नुभयो (श्रीवैष्णवसांप्रदायको प्रचार प्रसारको उत्तरदायित्व स्वयं सम्हालेर सत्सांप्रदाय़को रक्षा गर्नुभयो) र आफ्नो शिष्यबृंदलाई यस दिव्य ज्ञानको भन्डार परमपद को प्रस्थानको पहिले नै श्री उय्यक्कोण्डार स्वामीजीले मनक्कालनम्बि ( राममिश्र स्वामीजी )लाई उपदेश दिनुभयो , उहाँले नाथमुनि स्वामीजीले दिनुभयको वचन अनुसार
यामुनाचार्य स्वामीजीलाई पूर्ण शिक्षा प्रदान गर्ने जिम्मा लिनुभयो र पछी गयर उक्त बचन निभाउनु भयो ।

उय्यक्कोण्डार् स्वामीजीको तनियन्

नमः पंकज नेत्राय नाथः श्री पाद पंकजे ।
न्यस्तसर्वभराय अस्मद्कुल नाथाय धीमते ॥

परम्पराको अघिको आचार्य श्री स्वामी मणक्काल् नम्बिको बारेमा संक्षिप्त विवरण अगाडिको लेखमा प्रेषित हुनेछ ।

अडियेंन प्रमोद रामानुज दास्
अडियेंन राघव रामानुज दास्

श्रोत – https://acharyas.koyil.org/index.php/2012/08/24/uyyakkondar-english/

archived in https://acharyas.koyil.org/index.php/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org