श्रीवैष्णव गुरुपरम्परा – परिचय

श्रीः श्रीमते शठकोपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्री वानाचल महामुनये नमः

लक्ष्मीनाथसामरम्भां नाथ यामुन मध्यमाम्  ।
अस्मदाचार्य पर्यन्तां वन्दे गुरुपरम्पराम् ।।

भगवान श्रीमन्नारायणबाट शुरु भई श्रीनाथमुनी स्वामीजी र श्री यामुनाचार्य स्वामीजीहरु मध्य भागमा हुनुभएकाे र मेराे अाचार्यमा अाएर अन्त हुने गुरुपरम्परालाई याे दास नमन गर्दछ । माथि उल्लिखित श्लाेक श्रीकूरेश स्वामीजी महाराजकाे रचना हाे । उहाँले अस्मदाचार्य भनेर श्रीरामानुज स्वामीजी महाराजलाई सम्बाेधन गर्नुभएकाे हाे किनकी उहाँकाे अाचार्य श्रीरामानुज स्वामीजी हुनुहुन्थ्याे । तर सामान्यतया अस्मदाचार्य भन्नाले उपराेक्त श्लाेक पाठ गर्ने महानुभावकाे अाचार्यलाई जनाउँदछ ।

श्रीवरवरमुनी स्वामीजी महाराजले उपदेश रत्नमालामा निर्देश गर्नुभए अनुसार हाम्राे सम्प्रदायलाई श्रीरंगनाथ भगवानले श्रीरामानुज दर्शन अर्थात एम्पेरुमानार दर्शन भनि नामाकरण गर्नुभयाे । अाफ्नाे समयमा श्रीरामानुज स्वामीजी महाराजले सनातन धर्म पुनः स्थापना गर्नुभयाे । उहाँले अाफ्ना पूर्वाचार्यहरु श्रीनाथमुनी स्वामीजी र श्रीयामुनाचार्य स्वामीजी महाराजबाट प्रचारित ज्ञानलाई साधारण तरिकाबाट जनमानस सम्म पुर्याउनु भयाे ।

गुरु र अाचार्य पर्यायवाची शब्द हुन् । अज्ञानतालाई हटाइदिने महापुरुषलाई गुरु भनिन्छ । अाचार्य भन्नाले शास्त्रकाे ज्ञान लिई साे ज्ञानकाे अनुसरण गर्ने र अरुलाई पनि अनुसरण गर्न प्रेरित गर्ने महापुरुषलाई जनाउँदछ । यस्ता अाचार्यहरुकाे निरन्तर परम्परालाई गुरुपरम्परा भनिन्छ । लक्ष्मीनाथ समारम्भाम् श्लाेकमा बताइए अनुसार श्रीवैष्णव गुरुपरम्परा साक्षात भगवान श्रीमन्नारायणबाट शुरु हुन्छ । संसारी जीवात्माहरुलाई उद्दार गरि  उनीहरुलाई परमपद वैकुण्ठकाे अानन्द प्रदान गर्नकाे लागि भगवानले असिमित अकारण करुणा देखाउँदै जीवात्माहरुकाे अज्ञानतालाई हटाउनुहुन्छ । त्यसैले भगवान गुरुपरम्परामा पहिलाे अाचार्य हुनुभयाे र शास्त्रकाे माध्यमबाट ज्ञान प्रदान गर्नुभयाे ।

“तत्व ज्ञानान् माेक्ष लाभः” यस्ताे शास्त्रकाे अादेश छ । वास्तविक तत्व ज्ञान प्राप्तिले माेक्ष प्रदान गर्दछ । अाज हामीसंग जे जति ज्ञान छ सबै हाम्राे गुरुपरम्परामा अाउनुहुने अाचार्यहरुकाे देन हाे । त्यसैले हाम्रा अाचार्यहरुकाे बारेमा उहाँहरुकाे जीवनी तथा उहाँहरुकाे निर्देशनकाे बारेमा जान्नु हाम्राे कर्तव्य हाे ।

पिनवञगीय पेरुमाल जीयर स्वामीजीले रचना गर्नुभएकाे ६००० पडि गुरुपरम्परा प्रभावम् , पिल्लै लाेकम् जीयर स्वामीजीले रचना गर्नुभएकाे यतिन्द्र प्रवणम् प्रभावम् र पूर्वाचार्यहरुका अन्य ग्रन्थमा उल्लेख भएकाे श्रीवैष्णव गुरुपरम्परा जान्ने र सिक्ने यस दासकाे याे सानाे प्रयास हाे । यस दासलाई यस कार्यमा प्रेरित गर्ने दक्षिण भारतका उ वे श्रीताेताद्री सारथी स्वामी प्रति दासकाे काेटी काेटी साष्टांग ।

श्रीवानमामलै रामानुज जीयर तिरुवडीगले शरणम् ।

अडियन् राघव रामानुज दासन् ।

श्रोत – https://acharyas.koyil.org/index.php/2012/08/16/introduction-english/

archived in https://acharyas.koyil.org/index.php/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org