श्रीः श्रीमते शठकोपाय नमः श्रीमते रामानुजाय नमः श्रीमद् वरवरमुनये नमः श्री वानाचल महामुनये नमः
पूर्व अनुच्छेदमा ओराण्वळि अन्तर्गत आचार्य “नन्जीयर” को बारेमा चर्चा गरेका थियाैँ । अगाडि बढ़दै अब हामी ओराण्वळि गुरुपरम्पारा अन्तर्गत आचार्य ( नम्पिळ्ळै अर्थात कलिवैरिदास) को बारेमा चर्चा गर्दैछाैँ ।

नम्पिळ्ळै – तिरुवल्ळिकेणि
तिरुनक्षत्र : वृश्चिक मास , कृत्तिका नक्षत्र
अवतार स्थाल : नम्बूर
आचार्य : नन्जीयर
शिष्य :वडक्कु तिरुवीधि पिळ्ळै, पेरियवाच्चान पिळ्ळै , पिण्बळगिय पेरुमाळ जीयर, ईयुण्णि माधव पेरुमाळ, नाडुविळ तिरुविधि पिळ्ळै भट्टर इत्यादि
परमपद प्रस्थान: श्री रंगम
रचना : तिरुवाय्मोळिको ३६००० पडि ईडु व्याख्यान, कण्णिनुन् सिरुताम्बु व्याख्यान, तिरुवन्दादिहरुको व्याख्यान, तिरुविरुत्तम् व्याख्यान
उहाँ नम्बूर ग्राममा वरदराजन नामले जन्मनुभयो र नम्पिळ्ळै नामले प्रसिद्ध हुनुभयो । उहाँ तिरुक्कलिकंरी दासर, कलिवैरी दासर ,लोकाचार्यर , सूक्ति महार्णवर, जगदाचार्य र उलगसीरियर इत्यादि नामले पनि परिचित हुनुहुन्छ ।
पेरिय तिरुमोळि ७.१०.१० मा भनिएको छ की – तिरुकण्णमंगै एम्पेरुमान् लाई तिरुमंगै आळवार् को पासुरहरुको अर्थ स्वयं उँहाको बोलीमा सुन्न चाहनुहुन्थ्यो – यसै कारण मानिन्छ कि तिरुमंगै आळवार् नम्पिळ्ळै हुनुभयो र एम्पेरुमान् पेरियवाच्चान पिळ्ळैको रूपमा पुनरावतार लिएर अरुलिच्चेयलको सकल अर्थ सुनाउनु भयो र सीकाउनु पनि भयो ।
नन्जीयरले आफ्नो ९००० पड़ि कि व्याख्यानकाे एक राम्रो प्रति लिपि बनाउन चाहनुभयो । जब श्री वैष्णव गोष्टिमा विचार गर्नुभयो तब नम्बूर वरदराजरको नाम प्रस्ताव गर्नुभयो । वरदराजर नन्जीयरलाई उहाँको मन संतुष्ट हुनेगरी लेख्छु भनि आश्वासन दिनुहुन्छ । नन्जीयर पहिला उहाँलाई ९००० पड़ि व्याख्यान सुनाउनुहुन्छ र पछि मूल प्रति दिनुहुन्छ । वरदराजर कावेरीको पारि रहेको आफ्नो ग्राममा गएर ध्यान दिएर छिटो लेख्नको लागि कि योजना गर्नुभयो । नदि पार गर्ने समयमा अचानक नदीमा बाडी आउँछ र वरदराजर पाैडि चालि नदी पार गर्नुहुन्छ तर त्यस समय मूल प्रति जो गुरुले दिनभयको थियो नदिले बगाउँछ । स्वग्राम पुगेर आफ्नो आचार्यको दिव्यमंगलस्वरूप र उहाँ द्वारा दिइएको दिव्यार्थोंमा ध्यानकेंद्रित गरी वापस ९००० पड़ी व्याख्यान लिख्न शुरू गर्नुहुन्छ । तमिळ भाषा र साहित्यको विद्वान हुनुको कारण उचित स्थलमा सुन्दर अर्थ विशेषलाई मिलाएर नन्जीयरलाई बुझाउनुहुन्छ । नन्जीयर व्याख्यान पढ़ेर केही फरक छ भनी जान्नुहुन्छ र उहाँलाई घटित घटनाको बारेमा सोध्नुहुन्छ । वरदराजर उहाँलाई सबै बताउनुहुन्छ र नन्जीयर सुनेर प्रसन्न हुनुहुन्छ । वरदराजरको ख्याति सम्झीदै उहाँलाई ” नम्पिळ्ळै “ र ” तिरुक्कलिकंरी दासर” नामले उहाँकाे नामाकरण गर्नुहुन्छ ।
जस प्रकार भट्टर र नन्जीयरकाे बींचकाे नाता ( संबन्ध ) र सम्वाद थियो , उसी प्रकार नन्जीयर र नम्पिळ्ळै बींच सम्बन्ध र संवाद अती आनन्ददायक र अत्युत्तम ज्ञानार्थले भरीपुर्ण थियाे | उहाँहरु बीच भएकाे संवाद निम्न प्रस्तुत छ ।
- नन्जीयरलाई नम्पिळ्ळै साेध्नुहुन्छ ”किन उपयान्तर (अनेक उपाय) काे लागि धेरै प्रमाण हुन्छ तर शरणागति को प्रमाण छैन ।” नन्जीयर पहिला भन्नुहुन्छ कि जब कुनै विषय प्रत्यक्ष जान्न सक्छाैँ त्यसको प्रमाण जरूरत हुँदैन – उदाहरणका लागि पानीमा डूबि रहेको मनुष्य कुनै नडुबेकाे साधन समातेर तहिरन सक्छ – ठीक त्यसैगरी हामी संसारमा डूबी रहेका छाैँ । र एम्पेरुमान् नडूबी रहनुभएकाै छ र एम्पेरुमान् काे शरण लिनु बहुत उचित उपाय हुन्छ । अनन्तर उहाँ शरणागति शास्त्रकाे मान्यता बताउँदै शास्त्रकाे केही प्रमाण बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ कि एक विषयकाे मान्यता त्यस माथि आधारित प्रमाणहरुकाे गिनतीले गर्न मिल्दैन – उदाहरणकाे लागि यस संसारमा संसारि ज्यादा र संन्यासी कम हुनुहुन्छ , यसकाे मतलब याे हुँदैन कि संसारि हुनु उचित हाे । यो जवाब सुनेर नम्पिळ्ळै प्रसन्न हुनुहुन्छ ।
- नम्पिळ्ळै नन्जीयरलाई प्रश्न गर्नु हुन्छ ” एक मानव स्वयंलाई श्रीवैष्णव मान्न सक्छ ? ” नन्जीयर उत्तरमा भन्नुहुन्छ जब अर्चावतारमा परतत्व देख्न सक्छाैँ , जब अन्य श्री वैष्णवकाे संतान र धर्म पत्नीलाई आफ्नै परिवार मान्छाैँ र जब कसैले श्री वैष्णवकाे बेइज्जात गरेकाे देखेमा दुखी महसुस भयाैँ भने हामी आफुलाई श्री वैष्णव भन्न सक्छाैँ ।
- जब नम्पिळ्ळै नन्जीयरसँग श्री भाष्यम् सुनी रहनु भएको थियाे तब नन्जीयरलाई उहाँकाे एम्पेरुमान् लाई तिरुवाराधन गर्न आदेश दिनुहुन्छ । नम्पिळ्ळै उहाँलाई भन्नुहुन्छ कि तिरुवाराधन काे क्रम उहाँलाई थाहा थिएन र उनलाई भन्नुहुन्छ कि द्वय महा मंत्र (मध्य में सर्व दिव्य मंगल विग्रहाय “जोड़ेर गर्नाले अर्चावातरका एम्पेरुमान् को सौलभ्य गुण प्रकाशित हुन्छ जुन मूर्तिमा उनको व्यापन सूचित हुन्छ । ) जप्दै गर्नु | यसले हामीलाई याे साबित हुन्छ कि हाम्रो पूर्वाचार्य सबै विषयहरुका लागी द्वय महा मन्त्र माथि निर्भर हुनुहुन्थ्यो ।
- नम्पिळ्ळै सोध्नुहुन्छ एम्पेरुमान् काे अवतारहरुकाे प्रयोजन के हो ? नन्जीयर उत्तरमा भन्नुहुन्छ कि एम्पेरुमान् ले ठुला ठुला कार्य आफ्नाे काँधमा लिनुभयो र यो सुनिश्चित गर्नको लागि कि जो कोई भागवत अपचार गर्दछ त्यसलाई उचित दण्ड दिन सकियोस । ( उदाहरणको लागि कण्णन् एम्पेरुमान् (भगवान श्री कृष्ण ) ले आफुले बहुत कष्ट सहन् गरेर यो पक्का गर्नुहुन्छ कि दुर्योधन जो उनको भक्त प्रति अपचार गर्यो यसलाई अंतमा मरन दण्ड प्राप्त भयो )
- नम्पिळ्ळै सोध्नुहुन्छ कि भागवत अपचार काे मतलब के हो ? नन्जीयर भन्नुहुन्छ कि अन्य श्री वैष्णव र आफुलाई समान मान्नु। उहाँ आळ्वार् हरुको पासुरहरुको उदाहरण केा रूपमा प्रस्तुत गर्दै दर्शाउनुहुन्छ की भागवत ( भगवानको प्रपन्न भक्त ) कसरी सर्वश्रेष्ट उत्तम र महान हुन्छ । यस विषयलाई ध्यानमा राख्दै हामीले सदैव यो मान्नु पर्छ की प्रत्येक श्रीवैष्णव (जो कोई भी जाति / वर्ण इत्यादि हाेस्) हमेशा हाम्रो तुलनामा उत्तम र सर्वश्रेष्ट हुनुहुन्छ । उहाँ यो पनि भन्नुहुन्छ कि आळ्वार र पूर्वाचार्यहरु जसरी सदैव भागवतरहरुको स्तुति गर्न पर्छ ।
- नन्जीयर नम्पिळ्ळैसँग भन्नुहुन्छ कि भगवत अनुभवमा निमग्न भएका भक्तहरु लोकका विषय अनुभव जस्तै ऐश्वर्य , अर्थ ,काम पुर्ण रुपमा त्यजनीय छ । यस विषयलाई आळ्वारको धेरै पासुरहरुको उदाहरण दिएर सम्झाउनु हुन्छ । उदाहरण केा लागि – नन्जीयर तिरुमंगै आळ्वार को वार्ता को दोहराउनु हुन्छ । उहाँ भन्नुहुन्छ – तिरुमंगै आळ्वारले भौतिक जगत प्रति आसक्तिकाे त्याग दिनु भयो जब उनको भगवानको दिव्यगुण र वैभवकाे महशुस गर्नुभयो र तुरन्त आफ्नो दिव्यप्रबंधको शुरू गर्दै भन्नुभयो – ” वाडिनेन वाडि .. नारायणा एन्नुम् नामम् ” ( जसको मतलब एम्पेरुमान् ( भगवान ) भगवानको दिव्यनाम ( तिरुनामम् ) नमिले सम्म म संसारमा दुःख झेली रहेको थिँए ) । यो सुने पछि नम्पिळ्ळै सन्तुष्ट हुनुहुन्छ र त्यसै क्षणबाट उहाँको कैंकर्य गर्नुहुन्छ र कालक्षेपं सुन्दै नन्जीयरसँग रहनुहुन्छ ।
- नन्जीयर तिरुवाय्मोळि कालक्षेप १०० पटक गर्नुहुन्छ र नम्पिळ्ळै यसको लागि सदाभिषेक महोत्सव आयोजना गर्नुहुन्छ । नन्जीयरलाई यी कालाक्षेपहरु द्वारा पूर्वाचार्यहरुले दिनुभएको सबै अर्थ विशेषहरुको लाभ पाउनुहुन्छ ।
नम्पिळ्ळै धेरै अनाैठो लक्षणले भरीपुर्ण हुनुहुन्छ र उहाँको महानता नाप्न सकिदैन । नन्जीयर तमिल (द्राविद), संस्कृत भाषा र भाषासंबंधित साहित्यमा धेरै निपुण हुनुहुन्थ्यो । उहाँको उपदेशहरुमा तिरुक्कुरळ , नन्नुळ , कम्ब रामायणम् इत्यादि द्राविड़ ग्रंथहरु र वेदान्तम् , विष्णु पुराण , श्री वाल्मीकि रामायण इत्यादि ग्रन्थका धेरै उदाहरण बिना संकोच बताउनुहुन्थ्यो । नन्जीयर यति सक्षम र माहिर हुनुहुन्थ्यो की उहाँ कुनै पिन शंखा (जो आळ्वारहरु र उहाँका अरुलिच्चेयल् मा आधारित छ) को श्रीमद्वाल्मीकि रामायण (जसलाई प्रत्येक वैदिक व्यक्ति सर्वोच्च मान्नुहुन्छ) को मूल सिद्धांतमा आधारित तर वितर्कले संतोषजनक समाधानले संतुष्ट गर्नु हुन्थ्यो । अव हेराैँ उहाँका केही घटनाहरु जसले उहाँकाे महानता र विनम्रता दर्शाउँछ ।
- नम्पिळ्ळै श्री रंगम पेरिय कोविल मूल स्थानमा प्रदक्षिणको पूर्व दिशा (पेरिय पेरुमाळ तिरुवडि नजीक ) मा नित्य कालक्षेप गर्नुहुन्थ्यो । यसै कारण आज पनि हामी सन्निधिकाे दर्शन पछि त्यस प्रदेशमा प्राणाम गर्छाैँ । नम्पिळ्ळैको उपन्यास देख्नको लागि पेरिय पेरुमाळ खड़े हुनुहुन्थ्यो । तिरुविळक्कु पिच्छण् (एक श्री वैष्णव जो सन्निधिको दीप र रौशनी को जिम्मेदार हुनुहुन्छ ) खड़े हुनुभएको पेरिय पेरुमाळलाई देख्नुहुन्छ र उहाँलाई धक्का दिएर भन्नुहुन्छ कि अर्चावतारमा उहाँलाई हल्लिन इझाजत छैन । नम्पिळ्ळैलाई उपन्यनस दिएको देख्न र सुन्नको लागि एम्पेरुमान् ले उहाँको अर्च समाधीलाई पनि तोडी दिनु भयो ।

नम्पिळ्ळैको उपन्यास यति प्रसिद्ध थियो कि मानिसहरु भन्दथे थे कि यो नम्पेरुमाळको गोष्टी हो कि नम्पिळ्ळै को गोष्टी । जसरी नम्पेरुमाळ भक्तहरुलाई आफ्नो पुरप्पाड इत्यादि तर्फ आकर्षित गर्नुहुन्थ्यो त्यसै गरी नम्पिळ्ळै आफ्नो वचनले उनिहरुलाई आकर्षित गर्नुहुन्थ्यो।
नम्पिळ्ळै को विनम्रता अद्वितीय र असामान्य थीयो । श्री नम्पिळ्ळै काे जीवन एक आदर्श जीवन थीयो जो केवल श्री नन्जीएरले सीकाउनुभएको श्रीवैष्णवतत्व मा पूर्ण आधारित थीयो । एक पटक कन्दाड़ै तोळप्पर (मुदली आण्डान् वंशी ) नम्पेरुमाळ लाई नम्पिळ्ळैको निंदा स्तुति गर्नुहुन्छ । उहाँको महानता तोळप्पर् सहन गर्न सक्नु भईरहेको थिएन र उहाँबाट असहनताको कठिन व्याख्या ( शब्दहरु) को रूपमा बाहर आईरहेको थियो । नम्पिळ्ळैले केही नबोली बेइज्जति सहेर आफ्नो तिरुमालिगै जानुहुन्छ । तोळप्पर जब आफ्नो तिरुमालिगै पुग्नुहुन्छ , उहाँकी धर्म पत्नी जो यस विषयको बारेमा जान्नुहुन्छ र नम्पिळ्ळै को महानताको बारेमा सम्झाउनुहुन्छ । र आफ्नो पतिसँग नम्पिळ्ळैको चरण कमलमा गएर माफ़ी माग्न आग्रह गर्नुहुन्छ । आख़िरकार उहाँलाई आफ्नो भूल समझमा आउँछ र रातमा नम्पिळ्ळैको घर जानकाे लागि निस्कनुहुन्छ। जब घरबाट निक्लन ढाेका खाेल्नुहुन्छ तब उहाँले एक व्यक्ति उहाँलाई पर्खेर बसिरहनु भएको थियो र ति व्यक्ती अरु कोहि नभएर नम्पिळ्ळै स्वयं हुनुहुन्थ्यो । तोळप्परलाई देख्ने बित्तिकै तुरंत नम्पिळ्ळै शास्टाङ्ग प्रणाम गर्नुहुन्छ र भन्नुहुन्छ कि उहाँले के भूल गर्नुभयो जसको कारण तोळप्पर उहाँसँग रिसानी भयो । तोळप्पर हैरान हुनुहुन्छ र उहाँको महानता राम्रोसँग थहा पाउनुहुन्छ । भूल तोळप्परले गर्नुभयो तर नम्पिळ्ळै यति विनम्र भएर आउनु भयो कि उस भूललाई आफ्नो काँधमा लिनुभो र माफी माग्न लाग्नु भयो । तोळप्पर तक्षण उहाँलाई प्रणाम गर्नुहुन्छ र भन्नुभयो उहाँको विनम्रताको कारण यहाँलाई त्यस दिनबाट “लोकाचार्य” नामले कहलाउनुहुनेछ । जो मानव महान भएर पनि चाल चलनमा विनम्रता राख्नुहुन्छ उहाँलाई “लोकाचार्य” भनिन्छ र नम्पिळ्ळै यस पदको लाएक हुनुहुन्छ । नम्पिळ्ळै प्रति आफ्नो द्वेष भाव छोड़ेर तोळप्पर आफ्नी पत्नीकेा साथ उहाँको सेवामा जाेडिनुहुन्छ । यस संघटनलाई मामुनिगळ आफ्नो उपदेश रत्न मालामा बताउदै नम्पिळ्ळै र तोळप्पर को गौरवान्वित गर्नुहुन्छ । यसबाटनै हामी नम्पिळ्ळैको निश्चलता/पवित्रता जान्न सक्छाैँ । हामी यो पनि जान्न सक्छोँ कि यस घटना पछि तोळप्पर पनि नम्पिळ्ळैको सहवासले पवित्र हुनुहुन्छ ।
नडुविळ तिरुवीधि भट्टर जो भट्टर वंशीय हुनुहुन्थ्यो नम्पिळ्ळैको कीर्तिले असहन हुनुहुन्छ र उहाँ माथि ईर्षा भाव बढ़ाउनु हुन्छ । एक पटक जब उहाँ राजाको दरबार गइरहनु भएको थियो तब उहाँको साथ पिन्बळगीय पेरुमाळ जीयरलाई आफ्नो साथ लिएर जानुहुन्छ । राजा उहाँहरु दुबैलाई स्वागत गरी सम्भावन देएर आसीन गर्नुहुन्छ । राजाले भट्टरसँग श्री रामायणबाट एक प्रश्न साेध्नुहुन्छ । उहाँले साेध्नुहुन्छ कि जब एम्पेरुमानले निस्चय गर्नु भएको थियो कि रामावतारमा परत्वता दर्शाउदिन तब उहाँले कसरी जटायु को “गच्छ लोकान् उत्तमान”( सबसे उत्तम लोक – परमपद जानुहाेस ) भन्नुभयो । भट्टरलाई समाधान थाहा थिएन र उहाँको ख्याति को बारेमा चिंतित हुनुभयो र यस बीच राजा केही अन्य कार्यमा मग्न हुनु भयो । भट्टर जीयरसँग साेध्नुहुन्छ कि केहिगरी नम्पिळ्ळैलाई यही प्रश्न साेध्यो भने उहाँ यसकाे के उत्तर दिनुहुन्थ्यो । जीयर तुरंत उत्तर दिनुहुन्छ उहाँ “सत्येन लोकान जयति” (एक सच्चा मनुस्य तीन लोकहरुलाई जीत्न सक्छ ) इति सूत्र बाट सम्झाउनुहुन्छ । भट्टर यस श्लोक माथि ध्यान गर्दै यसकाे अर्थ जानेर राजालाई समझाउनुहुन्छ कि श्री राम सत्यवादी हुनुहुन्थ्यो र उहाँको सत्यनिष्ठाको शक्तिले जसलाई पनि जुनै पनि प्रदेश पुर्याउन सक्नुहुन्छ । जवाब सुनेर राजा बहुत प्रसन्न भएर भट्टरको ज्ञानको प्रशंसा गर्नुहुन्छ र उहाँलाई धेरै सम्पत्ति प्रदान गर्नुहुन्छ । नम्पिळ्ळैको केवल एक व्याख्याको महत्वलाई जानेर भट्टर तुरन्त उहाँकाे पास गएर सबै संपत्ती समर्पित गर्नुहुन्छ । नम्पिळ्ळैको चरण-कमलको आश्रय (शरण) पाएर उहाँको शिष्य बन्नुहुन्छ र त्यस पछि निरंतर नम्पिळ्ळैको सेवामा लाग्नुहुन्छ ।
नम्पिळ्ळैको जीवनमा यस्ता धेरै संघटन छन जहाँ उहाँ शिष्यगणलाई अमूल्य पाठ र उपदेश दिनुहुन्छ | जुन यस प्रकार छ ।
- एक पटक नम्पिळ्ळै आफ्नो शिष्य गण सँग तिरुवेळ्ळरैबाट डुङ्गामा फर्कदै हुनुहुन्थ्यो । त्यही समय नाजिक ( नौका चलाउने वाला ) ले आफ्नाे दृष्टिकोणले भन्यो – कावेरीमा बाढी आयाे र यस कारण उपस्थित गोष्टिमा कोही एक व्यक्ति नदीको पानीमा हामफाल्नु पर्छ जसले गर्दा डुङ्गा संतुलित हुन्छ र नम्पिळ्ळै बच्नुहुन्छ । यह सुने पछि एक बूढ़ी महिला बाढीको पानीमा हाम्फाल्नुहुन्छ र यो देखेर नम्पिळ्ळै दुःखित हुनुहुन्छ । जब उहाँ किनारा पुग्नुहुन्छ तब उस बूढ़ी महिलाको आवाज़ नजकको किनार बाट सुनिन्छ । बूढ़ी महिला भन्नुहुन्छ कि नम्पिळ्ळै प्रत्यक्ष भएर उनकी रक्षा गर्नुभयो । यस संघटनमा बूढी महिला यो स्पष्ट रूपले दर्शाउनुहुन्छ की किसी तरह उहाँले आफ्नो प्राण-त्याग गरेर आफ्नो आचार्यको सेवा गर्नुभयो हामीले पनि उसी प्रकार गर्नुपर्छ । नम्पिळ्ळैले यो दर्शाउनुभयो की कसरी एक आचार्य विपरीत परिस्थिमा पनि आफ्ना निर्भर शिष्यहरुको संरक्षण कसरी गर्ने भनेर ।
- नम्पिळ्ळैको नजीक एक घरमा एक श्री वैष्णव स्त्री रहनुहुन्थ्यो । एक दिन श्री वैष्णव उस महिलाको पास गएर उनीसँग विनती गर्नुहुन्छ कि केहिगरी उनका घर नम्पिळ्ळैको घरसँग मिलाएमा उनका घर (तिरुमालिगै) ठुलो हुन्छ र धेरै श्रीवैष्णवहरुको लागि आश्रय मिल्छ । पहले उनको विनतीलाई अस्वीकार गर्नुहुन्छ तर पछि नम्पिळ्ळैलाई विनती गर्नुहुन्छ कि घरको बदलामा उनलाई परम पदमा स्थान अनुग्रह गरीयोस । नम्पिळ्ळै एक पत्र लेखेर उहाँको हातमा दिनुहुन्छ । उस पत्र लिएको केहि दिन पछि आफ्नो चरम शरीर छोड़ेर ति महिला परमपद प्राप्त गर्नुहुन्छ ।
- नम्पिळ्ळैको दुई पत्निहरु थीए । एक पटक उहाँकी जेठी पत्निसँग आफ्नो बारेमा उनकी विचार सोध्नुहुन्छ । जवाब दिँदै भन्नुहुन्छ कि उहाँलाई एम्पेरुमान् काे स्वरुप मानीन्छ र उहाँलाई आफ्नो आचार्य के स्थान देख्नुहुन्छ । उनकी उत्तरले नम्पिळ्ळै धेरै प्रसन्न हुनुहुन्छ र उहाँसँग मिल्न तिरुमालिगैको आउने वाला श्री वैष्णवहरुको तदियाराधन कैंकर्यमा लाग्नकाे लागि भन्नुहुन्छ । उनकी दूस्री पत्नीसँग आफ्नो बारेमा उनकाे विचार सोध्नुहुन्छ । उहाँ उत्तर दिनुहुन्छ कि नम्पिळ्ळै उनकी प्रिय पति हो । नम्पिळ्ळै उनीलाई जेठी पत्नीलाई सहायता गरी श्री वैष्णवको प्रसाद बाँड्को लागि भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ कि श्री वैष्णवहरुको शेष प्रसाद पाउनाले उनकाे शुद्धिकरण हुन्छ र उनकेा लौकिक विचार (पति-पत्नि) आध्यात्मिक (आचार्य-शिष्य) विचारमा बदलिन्छ ।
- जब महा भाष्य भट्टर उहाँसँग सोध्नुहुन्छ कि जब आफ्नि निजी स्वरुप (चैतन्य) एहसास भएपछि श्री वैष्णवको सोच कस्ताे हुनुपर्छ । नम्पिळ्ळै उत्तर दिनुहुन्छ कि यस्ता श्री वैष्णव नित्य एम्पेरुमान् नै उपाय र उपेय हुनुहुन्छ , स्मरणातीत कालबाट सँसारको यस बिमारीको चिकित्सक आचार्य प्रति कृतज्ञताले रहनु पर्छ, एम्पेरुमानारको श्रीभाष्य द्वारा स्थापित सिद्धान्तहरुलाई सत्य मान्नु पर्छ , श्री रामायण द्वारा भगवद् गुणानु भव गर्नुपर्छ , आफ्नो सारा समय आळ्वारहरुको अरुळिचेयलमा बिताउनु पर्छ । अंतमा भन्नुहुन्छ कि यह दृढ़ विशवास हुनुपर्छ कि यस जीवनको अंतमा परमपदको प्राप्ति निश्चित छ ।
- केहि श्री वैष्णव पाण्ड्य नाडुबाट आएर नम्पिळ्ळलाई हाम्राे साम्प्रदायकाे मूल तत्व के हाे भनि साेध्नु हुन्छ । नम्पिळ्ळै उनसे समुद्र तटको बारेमा सोच्नको लागि भन्नुहुन्छ। चकित भएर साेध्नुहुन्छ कि समुद्र तटको बारेमा के सोच्ने कुरा हुन्छ र । नम्पिळ्ळै सम्झाउनु हुन्छ कि चक्रवर्ति तिरुमघन श्री राम रावणले युद्ध गर्नु अगाडी समुद्र तट माथि शिविरमा विश्राम् लिईरहनु भएको थियो र वानर सेना उहाँकाे रक्षाको लागी चौकीदारी गरीरहेका थिए । थकानको कारण वानर सेना सुत्छन् र एम्पेरुमान् ती वानर सेनाको रक्षा गर्न त्यस इलाकाको चौकीदारी गर्न झुट्नुहुन्छ । नम्पिळ्ळै समझाउनु हुन्छ की एम्पेरुमान् हामीलाई सुतेको वखत पनि रक्षा गर्नुहुन्छ त्यसैले उहाँ माथि अटूट विश्वास हुनु पर्छ कि उहाँ ज़रू हामीलाई जागृत अवस्थामा पनि रक्षा गर्नुहुन्छ भनेर । यथा हमें स्व रक्षणे स्वान्वयम् ( खुद आफ्नेा आफैले रक्षा गर्ने मनो दृष्टी ) लाई छोड्नु पर्छ ।
- अन्य देवि देवताहरुको भजनको बारेमा नम्पिळ्ळैले अद्भुत रूपले विवरण दिनुभएको छ । एक पटक उहाँलाई प्रश्न गरीन्छ कि नित्य कर्म गर्ने समय हजुर अन्य देवता ( जैसे इंद्र , वायु , अग्नि ) कि पूजा गर्नुहुन्छ तर यो पूजा उनको मन्दिरमा गएर किन गर्नु हुन्न ? तत्क्षण अति चतुर जवाब दिनुहुन्छ की किन हजुर यज्ञको अग्निलाई नमस्कार गर्नुहुन्छ र त्यहि अग्नि जब स्मशानमा हुन्छ तब भाग्नुहुन्छ ? यसै गरी शास्त्रमा निर्बन्ध गरीएको छ की नित्य कर्मलाई भगवद् आराधना मानेर गर्नु पर्छ । यो कर्म गर्ने समय हामी सबै देवताहरुको अंतरात्मा स्वरूप एम्पेरुमान् लाई दर्शन गर्छाैँ । यही शास्त्र बताउछँ कि हामी एम्पेरुमान् केा अलावा कुनै अन्य देवताको पूजा गर्नु हुदैन त्यसैले हामी अरु देवताहरुको मंदिर जादैनाैँ । साथ ही साथ जब यी देवताहरुलाई मंदिरमा प्रतिष्टा गरीन्छ तब उनमा रजो गुण भरीन्छ र आफुलाई परमात्मा मान्न लाग्दछन् । तसर्थ श्री वैष्णव सत्व गुणले सम्पन्न हुन्छन् र उहाँहरु रजो गुण सम्पन्न देवताको पूजा गर्दैनन् । अन्य देवताको भजन या पूजा नगर्नको लागी यो भन्दा राम्रो अरु कुनै उत्तर हाेला र ।
- एक श्री वैष्णव उहाँ सँग मिल्न आउनुहुन्छ र भन्नुहुन्छ कि उहाँ पहिला भन्दा धेरै दुबलेा हुनु भयो । नम्पिळ्ळै उत्तर दिनुहुनंछ की जब आत्मा उज्जीवनको दिशामामा बढ़्छ शरिर आफै घट्न लाग्छ ।
- दोस्रो पटक एक श्री वैष्णव उहाँलाई देखेर भन्नुहुन्छ कि उहाँ बलवान जस्तो लागी रहनु भएको छैन तब नम्पिळ्ळै भन्नुहुन्छ की उहाँ सँग एम्पेरुमान् को सेवा गर्नको लागी शक्ति छ जो खाफी छ र बलवान भएर उहाँले कुनै युद्ध लड्न जनु छैन । यस बाट याे निरूपण हुन्छ कि श्री वैष्णवले शारीरिक रूपले मजबूत बन्न चिन्ता गर्नु हुदैन ।
- जब नम्पिळ्ळै अस्वस्थ्य हुनुहुन्छ तब एक श्री वैष्णव बहुत चिन्तित हुनुहुन्छ । उनलाई देखेर नम्पिळ्ळै भन्नुहुन्छ की कसैगरी पनि हामी कष्ट भाेग्न लाएक हुनुपर्छ किनकि शास्त्रमा भनिएको छ कि एम्पेरुमान् को कमल चरणमा आत्मा समर्पण गर्नु भएको महान व्यत्ती मृत्यु देवतालाई ख़ुशी – ख़ुशी आमन्त्रित गर्नुहुन्छ ।
- त्यस दौरान नम्पिळ्ळै प्रति प्रेमको कारण र उहाँलाई अस्वस्थाबाट राहत दिलाउन आकाँक्षी केहि श्री वैष्णवले एक रक्षाको डोरी बाँध्न चाहे र एङ्गलाळ्वानको आदेश अनुसार नम्पिळ्ळै रक्षा बाँध्नकाे लागि मान्नु हुन्न । यस कार्यलाई केही श्री वैष्णव प्रश्न गर्दै भन्नुहुन्छ “यो शायद ठीक हो कि एक श्री वैष्णव आफ्नो शरीरको बारेमा चिंताक्रान्त नभएको राम्रो हो तर उसलाई अन्य श्री वैष्णवको अस्वस्थाको बारेमा चिन्ता गरेमा गल्ती गरेको भन्न सकिन्न । नम्पिळ्ळै विवरण दिदै भन्नुहुन्छ कि आफ्नो अस्वस्थालाई ठीक गर्न कोशिश गरेमा यो थाहा हुन्छ कि हामीलाई स्वस्वरूप ज्ञानकाे कमी छ र यसले थाहा हुन्छ कि हामी केवल एम्पेरुमानमा नै पुरै निर्भर हुनु पर्छ । केहिगरी हामी अन्य श्री वैष्णवको अस्वस्थाको उपचारको बारेमा सोचेमा यो साबित हुन्छ कि हामी एम्पेरुमानकाे ज्ञान र शक्तिको बारेमा पुरै अवगाहन छैनाै र भक्तहरुको बाधाहरु हटउनको लागि एम्पेरुमानमा निर्भर हुनुपर्छ । नम्पिळ्ळैको निष्ठा यस प्रकारको थीयो र त्यो आफ्नो पुरै जिंदगी त्यस अनुसार थियो । यस समयमा हामीले यो पनि जान्न पर्छ कि वैष्णवकाेको कष्ट देखेर त्यसको बारेमा चिन्ता गर्नु आफ्पनो कर्तव्य जसरी मारिनेरी नम्बिले आळवन्दार् को दुखमा गर्नुभएको थियो ।
नम्पिळ्ळै शिष्य आचार्य पुरुष परिवारकाे साथ हुनुहुन्थ्याे र श्री रंगममा सबैजना उहाँकाे समयलाई नल्लड़िकाल् (सबै भान्दा राम्राे समय ) सबैजना स्तुति गर्नु हुन्छ । उहाँकाे शिष्य नाडुविळ तिरुविधि पिळ्ळै भट्टर् (१२५०० पड़ि ) र वडक्कु तिरुविधि पिळ्ळै (ईडु ३६००० पड़ि ) दुबैले तिरुवाय्मळिकाे व्याख्यान गर्नुभएकाै थियाे । तर नम्पिळ्ळैले पहलाे ग्रन्थ धेरै विस्तरणीय हुनकाे कारण त्यसलाई अगाडि बढाउनु भएन र अर्काे व्याख्यानलाई स्वीकृत् गरी ईयुण्णि माधव पेरुमाळलाई दिनुभयो ताकि भविष्य कालमा त्यसकाे निगूढ़ अर्थ अळगीय मणवाळ मामुनिद्वारा सबैले जान्न सकुन् । उहाँले पेरियवाच्छान् पिळ्ळैलाई पनि तिरुवाय्मळिकाे व्याख्यान लेख्न आदेश दिनुहुन्छ । आचार्यको आदेश अनुसार उहाँकाे इच्छा पूर्ति गर्दै उहाँले २४००० पड़ि व्यख्यान लेख्नुभयाे र नम्पिळ्ळैले उस ग्रन्थको धेरै प्रशंसा गर्नुभयाे ।
आउनुहाेस अन्तिममा सामाप्त गर्दै हराैं कि एळै एळलन पदिग् ओथु वाईमैयुम (पेरिय तिरु मोळि – ५.८. ७ ) मा नम्पिळ्ळैको बारेमा पेरियवाच्छान् पिळ्ळैले के भन्नुभएकाे थियाे । पेरियवाच्छान पिळ्ळै जब “अन्ताणं ओरुवन ” ( अनोखे विद्वान ) काे अर्थ समझाउने समयकाे मौकेकाे लाभ उठाउँदै आफ्नाे आचार्य नम्पिळ्ळैकाे कीर्तिकाे बारेमा बताउनुहुन्छ र अनुगामी शब्द प्रयोग गर्दै व्यक्त गर्नुहुन्छ कि उहाँकाे आचार्य सबै भन्दा उत्क्रीष्ट विद्वान हुनुहुन्छ ” मुर्पड़ ढवायत्तिक् केट्टु , इत्तिहास पुराणांगलियुम अथिगारित्तु , परपक्ष प्रत्क्षेपत्तुक्कुडालग ,न्याय मीमामंसैकलुम अथिगारित्तु,पोतुपोक्कुम अरुलिचेयलीलेयमपडि पिळ्ळैप्पोले अथिगारिप्पिक्क वल्लवनायिरे ओरुवन एंबतु”. सुलभ तरहसंग भाषांतर गर्नाले यो प्राप्त हुन्छ कि जो पहिलाे द्वयं सुनाउँछ , त्यस पछि पुराण र इतिहास सीकाउँछ र बाह्य / कुदृष्टि मानिसहरुलाई हराउनकाे लागि न्याय र मीमांस अभ्यास गर्छ , आफ्नाे सारा समय आळ्वार् अरुळिचेयळ र उहाँकाे अर्थ विशेष सीक्न र सीकाउनमामा व्यतीत गर्छ उनलाई उत्क्रीष्ट विद्वान भन्न सकिन्छ र यसकाे साक्षात उदाहरण नम्पिळ्ळै हुनुहुन्छ । यहाँ पेरियवाच्छान सांदीपनि मुनिकाे केहि अंशकाे रुपमा नम्पिळ्ळैलाई मान्नुहुन्छ (वास्तवमा नम्पिळ्ळै सांदीपनि मुनि भन्दा धेरै राम्राे हुनुहुन्थ्याे किनकि नम्पिळ्ळै पुर्णरुमा भगवद् विषयमा डूब्नुभएकाे थियाे तर सांदीपनि मुनि कण्णन एम्पेरुमान मुकुन्दन , मतलब मोक्ष प्रदाता हुनुहुन्छ भनेर जाने ता पनि उहाँसँग आफ्नेा मरेकाे संतान प्राप्त गर्नकाे लागि कामना गर्नुहुन्छ )
तमिल र संस्कृतकाे साहित्यमा उहाँकाे अपार ज्ञानकेा कारण व्यख्यान गर्ने समय श्रोतगणलाई सम्मोहित गर्नुहुन्थ्याे । उन्हाकै बलमा तिरुवाय् मोळिकाे नयाँ ऊँचाई प्राप्त भयो र अरुळिचेयळको अर्थ सबैले बुझ्न लागे । तिरुवाय् मोळिकेा ६००० पडि व्याख्यान बाहेक अन्य ४ व्याख्यानमा उहाँकाे याेगदान छ ।
- ९००० पड़ि मूल् ग्रन्थ नंजीयर् बाट रचित थियाे तर नम्पिळ्ळैले सूक्ष्म दृष्टि र नयाँ अर्थ विशेषहरुकाे साथ दाेहेर्यायर लेख्नुभएकाे थियाे ।
- २४००० पड़ि पेरियवाच्छान् पिळ्ळै ले नम्पिळ्ळैकाे आदेश र उपदेश अनुसार रचना गर्नुभएकाे थियाे ।
- ३६००० पड़ि वडक्कु तिरुविधि पिळ्ळै ले नम्पिळ्ळैकाे व्याख्यान सुनेर रचना गर्नुभएकाे थियाे ।
- १२००० पड़ि पेरियवाच्छान् पिळ्ळैको शिष्य वादि केसरि अळगीय मणवाळ जीयर् रचना गर्नुभएकाे थियाे र अर्थ यो ग्रन्थ नम्पिळ्ळैकाे ३६००० पड़ि को आधारमा रचना गरिएकाे छ ।
यति मात्र नभएर नम्पिळ्ळैले आफ्नाे अपार कारुण्यकाे साथ सम्प्रदायलाई दुई स्तम्बोकाे स्थापना गर्नुभयाे – पिळ्ळै लोकाचार्यर् र अळगीय मणवाळ पेरुमाळ नायनार् जसले पूर्वाचार्य द्वारा प्रसादित ज्ञानलाई क्रमानुसार श्री वचन भूषण र आचार्य हृदय प्रदान गर्नुभयाे । याे चरित्र अर्काे अनुच्छेदमा हेर्नेछाैं (वडक्कु तिरुविधि पिळ्ळै)।

नम्पिळ्ळै – पिण्बळगिय् पेरुमाळ जीयर् – श्री रंगम
नम्पिळ्ळै आफ्नाे चरम तिरुमेनिलाई श्री रंगममा छोडेर परम पद प्रस्थान हुनुभयाे । त्यस अवसरमा नाडुविळ् तिरुविधि पिळ्ळै भट्टर् आफ्नाे सिरकाे केश मुण्डन गराउनु हुन्छ (शिष्य गण र पुत्र केश मुण्डन गर्छन् जब पिता या आचार्य परम पद प्रस्थान हुनुहुन्छ ) र जब उनकेा भाईले नंपेरुमाळसँग शिकायत गर्नुहुन्छ कि जुन कुलमा पैदा नहुनुकाे बावज़ूद उन्हाले यस्ताे काम किन गरेकाे भनि साेध्दा नंपेरुमाळ भट्टर् लाई उहाँकाे अगाडि उपस्थिति हुनकाे लागि आदेश दिनुहुन्छ र भट्टर् भन्नुहुन्छ कि उनकाे कुटुम्ब सम्बन्ध भन्दा पनि नम्पिळ्ळैसँगकाे सम्बन्ध अधिक महत्व दिनुहुन्छ । याे सुनेर नंपेरुमाळ बहुत खुशी हुनुहुन्छ ।
आउनुहाेस् नम्पिळ्ळैकाे चरण कमलकाे आश्रय ( शरण ) लिदै हामी प्रार्थना गराैँ कि हाम्राे पनि उहाँकाे जस्तै एम्पेरुमान र आचार्य प्रति प्रेम प्राप्त होस् ।
नम्पिळ्ळै तनियन्:
वेदान्त वेद्य अमृत वारिरासेर्वेदार्थ सारा अमृत पुरमाग्र्यम् |
आधायवर्षन्तमहं प्रपद्ये कारुण्य पूर्णम् कलिवैरिदासं ||
हामीले अर्काे अनुच्छेदमा वडक्कु तिरुविधि पिळ्ळैको बारेमा जान्नेछाैँ ।
अडियेन् राघव रामानुज दासन्
अडियेन् रुक्मणी रामानुज दासी
श्रोत – https://acharyas.koyil.org/index.php/2012/09/16/nampillai-english/
archived in https://acharyas.koyil.org/index.php/
प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) – https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org