नम्माल्वार (शठकोप सुरी )

श्री: श्रीमते शठकाेपाय नमः  श्रीमते रामानुजाय नमः  श्रीमद् वरवरमुनये नमः  श्रीवानाचल महामुनये नमः

हामीले पूर्व लेखमा श्रीविश्वकसेन सूरी अर्थात सेनै मुदलिअार (https://acharyas.koyil.org/index.php/2017/11/24/senai-mudhaliar-nepali/) काे बारेमा चर्चा गर्याैं । अब हामी हाम्राे गुरुपरम्परामा अाउनुहुने अाचार्य श्रीशठकाेप सूरीकाे बारेमा चर्चा गर्दैछाैं ।

श्रीशठकाेप सूरी – अाल्वार तिरुनगरी

तिरुनक्षत्र: विशाखा नक्षत्र

अवतार स्थल: अाल्वार तिरुनगरी

अाचार्य: श्रीविश्वकसेन सूरी.

शिष्यहरु: मधुरकवि अाल्वार, श्रीनाथमुनी स्वामी

श्रीशठकाेप स्वामीजी महाराज धेरै नामहरुबाट विभुषित हुनुहुन्छ जस्तै मारन, परांकुश, वकुलाभरणन् , वकुलाभिरामन् , मगिल्मारन् , शठजित् , कुरुगुर् नम्बी अादि

पिता मारन र माता उदयनंगैकाे काेखबाट अाल्वारतिरुनगरी क्षेत्रमा श्रीशठकाेप स्वामीजीकाे अवतार भएकाे हाे । कलियुग शुरु भएकाे केहि दिनमा नै उहाँकाे अवतार भएकाे थियाे । भगवद गीतामा भगवानले भन्नुभएकाे छ कि जीवात्मालाई धेरै धेरै जन्म पछि मात्र ज्ञान हुन्छ कि याे संसारमा सबै वस्तुहरुकाे स्वामी मात्र भगवान हुनुहुन्छ । र याे सत्य बुझेका ज्ञानीहरु दुर्लभ हुनुहुन्छ । श्रीशठकाेप स्वामीजीकाे जीवन र उहाँकाे कार्यबाट याे प्रमाणित हुन्छ कि वास्तविक ज्ञानी उहाँ अर्थात श्रीशठकाेप सूरी हुनुहुन्छ । उहाँ भगवानलाई अति प्रिय हुनुहुन्छ । एउटा ईम्लिकाे बृक्षमुनि सधै याेग मुद्रामा बसेर निरन्तर भगवानकाे ध्यान गर्दै उहाँ यस धरातलमा जम्मा ३२ वर्ष सम्म रहनुभयाे । सहस्रगीतिकाे हरेक पदिगमकाे अन्तिम गाथामा श्रीशठकाेप सूरीकाे नाम कुरुगुर नम्बी भनेर अाउँछ र हाम्रा पूर्वाचार्यहरुकाे व्याख्यानमा उल्लेख भए बमाेजिम जब हामी कुरुगुर भन्ने नाम सुन्छाैं हामीले दक्षिण दिशातिर फर्किएर अन्जलि मुद्रामा श्रीशठकाेप सूरीलाई प्रणाम गर्नुपर्छ किनकी कुरुगुर भनेकाे अाल्वार तिरुनगरी हाे ।

श्रीशठकाेप स्वामीजीलाई प्रपन्नजन कूटस्थ अर्थात प्रपन्न गाेष्ठीमा पहिलाे ज्ञानी भनेर पनि व्यवहार गरिन्छ । श्रीयामुनाचार्य स्वामीजीले त श्रीशठकाेप स्वामीजीलई श्रीवैष्णव कुलपति भनेर सम्बाेधन गर्नुभएकाे छ । अाफ्नाे स्ताेत्र रत्न ग्रन्थकाे पाँचाै श्लाेकमा श्रीयामुनाचार्य स्वामीजीले श्रीशठकाेप स्वामीजी महाराजलाई अाफ्नाे र अाफ्ना सम्पूर्ण शिष्यहरुकाे माता, पिता अादि सबै मानि उहाँकै चरणमा नमन गर्नु भएकाे छ ।

azhvar-emperumanarशयन मुद्रामा श्रीशठकाेप सूरी र उहाँकाे चरणमा श्रीरामानुज स्वामीजी महाराज – अाल्वारतिरुनगरी

भगवद रामानुज स्वामीजी महाराज स्वयं अादिशेषकाे अवतार भैकन पनि “मारन अडि पण्णिण्तु उयण्तवन्” अर्थात श्रीशठकाेप स्वामीजीमा शरणागत हुनुभएकाे भनि  सम्बाेधित हुनुहुन्छ ।

अाफ्नाे ईडु व्याख्यान अवतारिका र तिरुविरुतम व्याख्यान अवतारिकामा श्रीकलिवैरिदास स्वामीजी महाराजकाे यस्ताे निर्णय छ कि श्रीशठकाेप सूरीलाई भगवान श्रीमन्नारायणले लीला विभुतिबाट यस धरातलमा भगवन नाम संकिर्तन गरी बद्द जीवात्माहरुलाई श्रीवैष्णव बनाई माेक्ष प्रदान गर्नकाे लागि पठाउनु भएकाे हाे । श्रीकलिवैरिदास स्वामीजी महाराजकाे याे निर्णय श्रीशठकाेप स्वामीजी महाराजकै शब्दमा अाधारित छ । भगवानले श्रीशठकाेप सूरीलाई भुत, भविष्य र वर्तमानकाे पूर्ण तथा वास्तविक ज्ञान अाफ्नै संकल्पबाट दिनुभएकाे हाे । अाफ्नाे सहस्रगीतिमा श्रीशठकाेप सूरीले धेरै पटक अाफु यस संसारमा अनन्त कालदेखि छटपटिएकाेले अब एक क्षणपनि यस संसारमा रहन नसक्ने र यस संसारमा रहनु भनेकाे ताताे फलाममा विना चप्पल लगाएर उभिनु जस्ताे हाे भनेर भन्नु भएकाे छ । सहस्रगीतिकाे पहिलाे गाथामा नै उहाँले अाफु भगवानबाट विशेष ज्ञान लिई अाएकाे कुरा बताउनु भएकाे छ । यसबाट याे बुझिन्छ कि उहाँ पहिला संसारी हुनुहुन्थ्याे तर पछि भगवानबाटै ज्ञान प्राप्त गर्नु भयाे । यहि कुरा सबै अाल्वारहरुमा लागु हुन्छ किनकीः

  • श्रीशठकाेप सूरी अवयवि हुनुहुन्छ र गाेदादेवी बाहेक अन्य सबै अाल्वारहरु अवयव हुनुहुन्छ ।
  • अन्य अाल्वारहरुले पनि अा अाफ्नाे दिव्यप्रबन्धमा बताउनु भएकाे छ कि उहाँहरु पनि पहिला यस संसारमा दुख भाेगिरहनु भएकाे थियाे र पछि भगवानकाे कृपाले विशेष ज्ञान पाइ अाल्वार हुनुभयाे ।

श्रीशठकाेप सूरीले मूलतः ४ दिव्यप्रबन्धहरु गाउँनु भएकाे छ ।

  • तिरुविरुत्तम (ऋगवेदकाे सार)
  • तिरुवासिरियम (यजुर्वेदकाे सार)
  • पेरीय तिरुवन्तादि (अथर्ववेदकाे सार)
  • सहस्रगीति अर्थात तिरुवायमाेञी (सामवेदकाे सार)

श्रीशठकाेप सूरीका दिव्य प्रबन्धहरु ४ वेद समान छन् । उहाँलाई “वेदम् तमिल चेइत मारन्” अर्थात तमिल प्रबन्धकाे माध्यमबाट संस्कृत वेदकाे सार प्रदान गर्ने महापुरुष पनि भनिन्छ। अन्य सबै अाल्वारहरुका प्रबन्धहरु पनि वेद समान छन् । अाल्वारहरुले गाउनु भएकाे ४००० दिव्यप्रबन्धहरुकाे सार नै सहस्रगीति हाे । पूर्वाचार्यहरुका व्याख्याहरु तथा रहस्य ग्रन्थहरु सबै सहस्रगीतिमा अाधारित छन् । सहस्रगीतिकाे अाफ्नै ५ व्याख्याहरु छन् ।

श्रीदेवी, भूदेवी, नीलादेवी, गाेपिहरु, लक्ष्मणजी, भरतजी, शत्रुघनजी, दशरथजी, काैशल्या, प्रह्लादजी, विभिषणजी, हनुमानजी, अर्जुन जस्ता सबै महापुरुषहरुमा भएका सबै गुणहरु श्रीशठकाेप स्वामीजी महाराजसंग छ भनेर हाम्रा पूर्वाचार्यहरुले निर्णय गर्नुभएकाे छ । श्रीशठकाेप सूरीसंग सबै महापुरुषहरुमा भएका सबै गुणहरु छन् भने माथि उल्लेखित महापुरुषहरुमा श्रीशठकाेप सूरीका केहि मात्र गुणहरु भेटिन्छन् । यस्ताे महिमा छ श्रीशठकाेप सूरीकाे ।

सहस्रगीति (७.१०.५ पलरदियार मुनभ्रौलिय) बाट श्रीकैलिवैरीदास स्वामीजी महाराजले सुन्दर तरिकाबाट श्रीशठकाेप सूरीकाे वर्णन गर्नुभएकाे छ । श्रीशठकाेप सूरीलाई भगवानले सहस्रगीति गाउनकाे लागि यस धरातलमा अाफ्नै संकल्पबाट पठाउनु भयाे । भगवानले साे कार्यकाे लागि श्रीवेदव्यास ऋषि, श्रीवाल्मिकि ऋषि, श्रीपराशर ऋषि र तमिल भाषाकै ज्ञानी मुदलअाल्वारहरु (सराेयाेगी, भूतयाेगी र महद्याेगी) लाई कृपा नगरेर श्रीशठकाेप सूरीलाई नै कृपा गर्नुभयाे ।

यसबाट निम्न बमाेजिम श्रीशठकाेप सूरीकाे चरित्र वर्णन गर्न सकिन्छ ।

श्रीशठकाेप सूरी अवयवि (परिपूर्ण) हुनुहुन्छ भने अन्य अाल्वारहरु अवयव (उहाँकै अंश) हुनुहुन्छ । श्रीशठकाेप सूरीकाे अवतार तिरुकुरुगुर अर्थात अाल्वार तिरुनगरीमा ताम्रपर्णी नदिकाे किनारमा भएकाे थियाे । ताम्रपर्णी नदि अन्य नदिहरु जस्तै गंगा, यमुना, सरस्वति अादि भन्दा ठुलाे मानिन्छ । उहाँ कारी महात्माकाे पुत्र हुनुहुन्छ । कारी महात्मा प्रपन्न कुलमा जन्मनु भएकाे थियाे । श्रीभक्तिसार सूरीकाे शब्दमा साे प्रपन्न कुलले भगवान बाहेक अन्य कसैकाे नाम कदापि जप्नुभएन । साे प्रपन्न कुलकाे वंश यस्ताे छ । तिरुवलुति वल नादर महात्माका पुत्र अरंतागिंयार, उहाँकाे पुत्र चक्रपाणी महात्मा, उहाँकाे पनि पुत्र अच्युत, उहाँकाे पनि पुत्र चेन्तामरैक कण्णर, उहाँकाे पनि पुत्र पाेर्कारियार महात्मा, उहाँकाे पनि पुत्र कारि महात्मा र उहाँकाे पुत्र श्रीशठकाेप सूरी ।

पाेर्कारियार महात्मा अाफ्नाे छाेरा कारीकाे लागि श्रीवैष्णव कन्याकाे खाेजीमा हुनुहुन्थ्याे ताकि महान् श्रीवैष्णव परम्परा र वंश कायम रहाेस । यसै क्रममा पाेर्कारियार महात्मा तिरुवण्परिसारम् दिव्यदेशमा पुग्नुहुन्छ जहाँ उहाँकाे भेट तिरुवाल्मार्भर महात्मा संग हुन्छ जाे अाफ्नी कन्या उडय नंगैकाे लागि श्रीवैष्णव वरकाे खाेजीमा हुनुहुन्थ्याे । यसरी कारी महात्मा र उडय नंगै अम्माजीकाे विवाह हुन्छ । नवविवाहित जाेडिले तिरुवण्परिसारम् दिव्यदेशमा भगवानकाे अारधना गरि अाफ्नाे स्थान तिरुक्कुरुगुर फर्कनु हुन्छ । तिरुक्कुरुगूरमा सबै श्रीवैष्णवहरुले अयाेध्यामा भगवान र सीताजीलाई अयाेध्यावासीले स्वागत गरेझैं कारी महात्मा र उडय नंगैकाे भव्य स्वागत गर्नुहुन्छ ।

केहि समय पश्चात कारि महात्मा र उडय नंगै अामाजीले तिरुवण्परिसारम् बाट फर्कदा तिरुक्कुरुगुंडि दिव्यदेश गई भगवानकाे अारधना गर्नुहुन्छ । त्यहाँ उहाँहरुले एउटा बच्चाकाे लागि भगवानलाई प्रार्थना गर्दा भगवानले अाफु स्वयं उहाँहरुकाे बच्चा भएर अाउने बचन दिनु भएकाे थियाे । त्यसकाे केहि दिन पछि उडय नंगै अामाजी गर्भवति हुनुहुन्छ र कलियुग शुरु भएकाे ४३ अाैं दिनमा श्रीशठकाेप सूरीकाे अवतार हुन्छ र श्रीशठकाेप सूरी स्वयं याे घाेषणा गर्नुहुन्छ कि उहाँ भगवान श्रीमन्नारायणकाे कृपाबाट श्रीविश्वकसेन सूरीकाे अंशकाे रुपमा बहुधान्य वर्षकाे वसन्त ऋतुमा वैशाख महिनामा शुक्ल पक्षमा विशाखा नक्षत्रमा अवतारित हुनु भएकाे हाे । अाचार्य हृदय नामक ग्रन्थमा ग्रन्थकार श्रीअलगीय मणवाल पेरुमाल नायनार स्वामीजी महाराज भन्नुहुन्छ कि सूर्यकाे प्रकाशबाट पनि संसारीहरुकाे अज्ञानता हटेन तर भगवान श्रीराम र श्रीकृष्णकाे अवतार पश्चात सारा अन्धकार दूर भयाे त्यसरी नै श्रीशठकाेप सूरीकाे अवतार पश्चात पनि सारा जीवात्माहरुकाे अज्ञानता दूर भयाे ।

तिरुकुरुगूर अादिनाथ भगवानकाे सन्निधिमै श्रीशठकाेप सूरीले अाफ्नाे अाश्रय लिनुहुन्छ भन्ने थाहा पाएरै अादिशेष श्रीशठकाेप सूरीकाे रक्षाकाे लागि ईम्लिकाे रुखकाे रुपमा अाउनुहुन्छ ।

श्रीशठकाेप सूरीकाे बारेमा थप जानकारी श्रीमधुरकवि अाल्वारकाे वर्णन गरिएकाे यस लिंकमा पनि पढ्न सकिन्छ ।

श्रीशठकाेप सूरीकाे तनियनः

माता पिता युवतयस् तनया विभूतिः
सर्वम् य देव नियमेन मद् अन्वयानाम् ।
अाद्यश्यनः कुलपतेर् वकुलाभिराम्
श्रीमत् तदघ्रिं युगलम् प्रणमामि मूर्ध्ना ।।

श्रीशठकाेप सूरीकाे अर्चावतारकाे वर्णन यस लिंकमा पनि पढ्न सकिन्छ । http://ponnadi.blogspot.in/2012/10/archavathara-anubhavam-nammazhwar.html.

महापूरुषहरुबाट श्रीशठकाेप सूरीकाे महिमागान यस लिंकमा पढ्न सकिन्छ – http://kaarimaaran.com/songs.html

श्रीशठकाेप सूरीकाे ३२ नामहरु अाल्वारतिरुनगरी दिव्यदेशमा अंग्रेजी र तमिल भाषामा पढ्न सकिन्छ ।

अर्काे लेखमा हामी श्रीनाथमुनी स्वामीजीकाे बारेमा चर्चा गर्नेछाैं ।

आल्वार तिरुवडिगले शरणम् ।
एम्पेरुमानार तिरुवडिगले शरणम् ।
जीयर तिरुवडिगले शरणम् ।
श्री वानमामलै रामानुज जीयर तिरुवडिगले शरणम् ।।

अडियन् राघव रामानुज दासन् ।
अडियन प्रमाेद रामानुज दासन् ।

श्रोत – https://acharyas.koyil.org/index.php/2012/08/18/nammazhwar-english/

archived in https://acharyas.koyil.org/index.php/

प्रमेय (लक्ष्य) – https://koyil.org
प्रमाण (शास्त्र) – http://granthams.koyil.org
प्रमाता (आचार्य) –  https://acharyas.koyil.org
श्रीवैष्णव बालबालिकाहरुको लागि – https://pillai.koyil.org

1 thought on “नम्माल्वार (शठकोप सुरी )”

Comments are closed.